September 29, 2026

मिष्टर एण्ड मिस एसईईका बिजेतालाई छात्रवृत्ति

0

बिर्तामोड । 

बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिले मिस्टर एण्ड मिस एसईईका बिजेतालाई छात्रवृत्ति प्रदान गरेको छ ।

मिस एसईईकी बिजेता बन्दना धिमाल, मिस्टर एसईईको बिजेता, मिस्टर वेस्ट डान्सर मौषम रिजालसहित मिस एसईईको फस्ट रनर अप, मिस ट्यालेन्ट विनिसा गुरागाईं, सेकेण्ड रनर अप, मिस फोटोजेनिक हिना खड्का, मिस्टर एसईईको फस्ट रनर अप, मिस्टर इनरजेटीक सिद्धान्त दास, मिस्टर पङ्च्युअल संगम बराइली, मिस व्युटीफूल युनिसा सेञ्च्युरी, मिस कन्फिडेन्ट काव्या ठकुरी, वेस्ट स्पीकर सिवानी धिमाल, मिस हार्डवर्किङ सोनिया खत्री, वेस्ट वाल्क करिस्मा शंकर, मिस ओविडेन्ट प्रास्ना श्रेष्ठ, मिस फे्रण्डली प्राची गौतम, मोस्ट क्युरियस कुन्ती माझी, मोस्ट डिसिप्लेन प्रियन्का शर्मा पौडेल, मिस पर्सनालिटी अमिसा न्यौपाने, मिस क्रिएटीभ बन्दना धिमाल, वेस्ट सिङ्गर रोशनी तामाङ्ग, वेस्ट हेयर दिव्या दाहाल, मोस्ट पपुलर प्राची गौतम, पव्लिक च्वाइस अमिसा न्यौपाने, भ्युअर च्वाइज युनिसा सेञ्च्युरीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

उनीहरुलाई निधि सेकेण्डरी स्कूल, टावर टेम्पल स्कूल, एमीटी एजुकेशन फाउण्डेशन, श्री हरिकुल, आदर्श स्कूल अफ म्यानेजमेन्ट, स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टले छात्रवृत्ति प्रदान गरेका थिए ।

बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एलसी श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि गिरी, निधि सेकेण्डरी स्कूलका प्राचार्य रञ्जीत साह, स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टका निरज श्रेष्ठ, कलाकार गोपाल एक्तेन, कवयित्री सुनिता तामाङ र पत्रकार तुलसीप्रसाद निरौला लगायतले छात्रवृत्तिको प्रमाण पत्र प्रदान गरेको इभेन्ट म्यानेजर विजय लिम्बूले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक दिनेशराज शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *