September 16, 2026

चिया उद्योगको फोहर पानी मुहानमा

0

imagesg

इलाम,  कात्तिक ३०  । चिया उद्योगको फोहर खानेपानीको मुहानमा मिसाइएपछि सूर्योदय नगरपालिका–१३ तारागाउँका ८० घरपरिवार मानिस दूषित पानी पिउन बाध्य भएका छन् ।

गत वर्षमात्र निर्माण भएको संरचनामा रहेका तारागाउँ चिया उद्योग प्रालिबाट चिया प्रशोधन गर्दा निस्कने फोहर ढल बनाएर गाउँलेको खानेपानी मुहानमा रहेको फाम खोलाको शिरमा बगाएपछि खोला नै प्रदूषित भएको स्थानीय बासिन्दाले बताएका छन् ।

फोहर मिसिए पनि अर्को खानेपानी मुहान नभएपछि त्यही पानी खान बाध्य भएको स्थानीयवासीको भनाइ छ । यसबारेमा आफूहरूले पटक–पटक उद्योगलाई मौखिक जानकारी गराउँदा कुनै वास्ता नगरेको र अन्य प्रक्रियामा जाँदा गाउँमा स्थापना भएको उद्योगको विरोध गरेजस्तो हुने भएकाले चुपचाप बसेको एक स्थानीयले नाम नबताउने सर्तमा उल्लेख गरे ।

हर्कटे–जिर्मले खण्डको मोटरबाटोमा पर्ने उक्त उद्योगबाट निस्कने फोहरको दुर्गन्धले बटुवाहरूलाई समेत सास्ती छ । फोहर लेदोका कारण अम्लिसो र कटुसलगायतका रूख मर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *