September 15, 2026

बन्दको मौका छोपेर मजदुरले गरे सताक्षीधाममा सरसफाई

0

imagesg

दुधे, कात्तिक ३० । सताक्षीधाममा यतिवेला दिनहुँ सरसफाई हुन थालेको छ । पुर्वाञ्चल दैनिकमा सताक्षीधाम जाने बाटो को दुवै किनारको घारी र धााम परीसर को फोहोर मैलाका बिषयमा पटक पटक समचार आउन थालेपछि संघ संस्थाको ध्यान त्यसतर्फ जान थालेको हो ।
आईतबार २२ दलीय मोर्चाले आयोजना गरेको बन्दको फाईदा उठाउदै झिलझिले ट्याक्सी सेवा समितिले धाम परिषरको झाडी सरसफाई गरेको छ । उनीहरुले धाम जानेबाटोको दवै किनारका घारी पनि सफाई गरेका छन । समितिका अध्यक्ष शुरेन तामाङ्ग नेतृत्वका डेढदर्जन व्यवसाईले बन्द को मौका छोपेर झाडि सफाई गरेको सो समितिले जनाएको छ ।

 

 
समचारको प्रभाव

 
पूर्वको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा सूचिकृत झापाको सताक्षीधाम मा बनभोज तथा धाम को दर्सन गर्न आउने दर्सनार्थीहरुलाई सजिलोहोस भन्ने हेतुले बाक्लो झाडी सफाई गरिएको समितिका अध्यक्ष तामाङ्गले बताएका छन ।
यस अघि पनि सतासीधामका राजनितिक अगुवाले धाम परीषरको सरसफाई गरेका थिए । नेकपा – माओवादीको पहलमा धाममा सरसफाई भएको सो पार्टीका सतासीधाम का जनसमिति प्रमुख खेम बुढाथोकीले पूर्वाञ्चललाई बताएका छन ।
यस्तै सतासीधाम मानव सेवा समितिले पनि धाम परिसरका झोडि सफाई गरेका छन । सार्वजनिक महत्व र स्थानको सुरक्षा र सम्बद्र्धनका लागी झोडि सफाई गरेको समितिका समितिका सतासीधाम अध्यक्ष डिके लामाले बताएका छन ।
बालाचर्तुदर्सी पर्व नजिकीदै जादा सताक्षीधाम लाई पनि सिंगार्न थालिएको छ । वर्षमा एक पटक लाग्ने धार्मीक मेलाको तयारी सुरु हन थालेको धामबिकास समितिका सचिव उदयप्रकास राईले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *