छ लाख भन्दा बढीको अबैध समान बरामद
झापा।

झापाका दुई छुट्टाछुट्टै स्थानबाट ६ लाख भन्दा बढीको अबैध समान बरामद भएको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे झापाको मेचीनगर नगरपालिका–६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी चार लाख बराबरको समान बरामद गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती साँढे १२ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिव दुई लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ ।
अबैध रुपमा समान बराद भएसंगै आवश्यक कारवाहीको लागि मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
