खेत जोत्ने क्रममा ट्याक्टर पल्लेटर सहचालकको मृत्यु
झापा।

झापाको बुद्धशान्ति गाँउपालिका ५ शान्तिनगर गैरीगाँउमा खेत जोत्ने क्रममा ट्याक्टर पल्लेटर सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २६ को विकाश कुमाल रहेका छन् । प्र–१–०१–००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टेर दुर्घट्ना हुँदा ट्याक्टरका सह–चालक रहेका कुमालको घटनास्थलमानै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीबाट प्रहरी टोलीले ट्याक्टर र चालक नियन्त्रणमा लिएर थप अनुसन्धानगरिरहेको प्रहरीले जनाएको छ ।
