September 26, 2026

आत्मानन्द राजमार्ग कालोपत्रे निर्माण कार्य शुरू

0

विमल दहाल,
महमाई

संघीय निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत ९आत्मानन्द मार्ग०माई ७ लक्ष्मी बाँध देखि लारूम्बा गुरू आश्रम दायाँ हुदै फाल्गुनन्द सडक जोड्ने कालोपत्रे सडकको शुक्रबार निर्माण कार्य शुभारम्भ भएको छ।

गत बर्ष केपी ओली प्रधानमन्त्री रहँदा शिलन्यास गरेको १ सय ६५ संघिय निर्बाचन क्षेत्र सडक अन्तरगतको इलाम २ को सडक निर्माण कार्य शुरु भएको हो। लक्ष्मीवाँधबाट लारुबा सम्मको १८ किलोमिटर कालो पत्रे बन्ने डिपिआर बमोजिम सडक निर्माण शिलन्यास गरिएको माई(७ का वडाध्यक्ष बुद्धि खनालले जानकारी दिनुभयो । सडक निर्माणको लागत ४० करोड रुपैयाँ रहेको छ।

महमाई की जेष्ठ स्वास्थ्य सेविका चन्द्रकला दहाल र वडाध्यक्ष बुद्धि खनालले शुक्रबार सडकको शिलन्यास गर्दै निर्माणको औपचारिक शुरुवात गर्नु भएको हो । हिम्दुङ एण्ड थोकर कम्पनी र भट्टराई जेबिले सडक निर्माणको ठेक्का पारेको छ । आगामी २ बर्षमा सम्पन्न गर्ने गरी सकिने निर्माण कम्पनीले जनाएको छ।

केही वर्ष अघि सम्म इलामको कर्णाली भनिएर चिनिने महमाई लगायत पश्चिमी इलाममा सडक कालोपत्रे निर्माण शुरु भएसगै खुशियाली छाएको छ। कालोपत्रे सडक निर्माण पछी महमाई, लारुम्वा, चिसोपानी, ईभाङ, रवि, जितपुर, सिद्धिथुम्का लगायत पश्चिमी इलामका हजारौ नागरिकलाई झापा बिर्तामोड सम्मको ब्यापार, स्वास्थ्य उपचार, यात्रा लगायत सहजता रहने बताईएको छ ।

संघीय निर्वाचन क्षेत्र अन्तर्गत एक निर्वाचन क्षेत्र भएको जिल्लामा ६० करोड, दुई निर्वाचन क्षेत्र भएको जिल्लामा ४० करोड
दुई भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला मा २५ करोड विन्योजन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *