अबैध सुन सहित झापामा एक जना पक्राउ
झापा।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो ।
सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय कांकडभिट्टाले जनाएको छ ।
