April 30, 2026

शङ्कास्पद २२ चिनियाँमाथि अनुसन्धान जारी

0

काठमाडौँ,

अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिनुभयो ।

अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको छ ।

भिसा सकिएकाको हकमा डिपोर्टको प्रक्रिया थालिएको र अन्यले व्यापार गरे÷नगरेको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *