September 17, 2026

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

0

झापा ।

झापाको बाह्रदशी–३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश२–०३–१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी–२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *