September 18, 2026

पुरानो पात झरेर नया पात पलाउदैछ
प्रकृतिले बसन्तको हल्लाहरू चलाउँदैछ

कोइली बनेर मलाई पनि उडु उडु लाग्छ
काफल पाक्यो भाकामा मन अचेल रमाउदैछ

महङ्गीसगै खडेरी नी उस्तै उस्तै लाग्छ हेर
चैतको हुरीसँगै डढेलोले वन जलाउदैछ

ऋण काढेरै जोगीहरू भिक्षा माग्न आउँदैछन्
चुनावले जनताको विश्वास फेरि ढलाउदैछ

तुलसा भट्टराई
उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *