September 17, 2026

दशनामी बन्धुको पहिचान स्थापित गर्न आ–आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आग्रह

0

बिर्तामोड ।

नेपाल दशनामी समाज प्रदेश नं १ ले आसन्न स्थानीयह तहको निर्वाचनमा बन्धुहरु जुनसुकै आस्था तथा पार्टीमा भएपनि त्यहाँबाट यथाशक्य उम्मेद्वार बन्न आग्रह गरेको छ ।

झापाको बिर्तामोडमा बिहीवार भएको दशनामी बन्धुहरुको भेलामा उपस्थिति झापाका अग्रज दशनामी बन्धुहरुले आगामी वैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नु पर्नेमा जोड दिएका हुन् ।

समाजका प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरीले पार्टी र आस्था जता भएपनि आ–आफ्नो पार्टीबाट दशनामी बन्धुले उम्मेद्वार बन्न पहल गर्न आग्रह गरेका छन् ।

दशनामी बन्धुहरुको पहिचान स्थापित गर्न पनि सवैले आ–आफ्नो पार्टीबाट उम्मेद्वार बन्न अध्यक्ष गिरीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *