September 16, 2026

वृद्ध आमा–बुबासंग शिखाले जन्मोत्सव मनाइन्

0

बिर्तामोड । 

बिर्तामोड–५ निवासी शिखा भट्टराईले आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाएकी छन् ।

बिर्तामोड–४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा रहेका वृद्ध आमा–बुबासंग जन्मोत्सव मनाएकी हुन् । सुनसरीको इटहरीमा ब्यवसायी काममा सक्रिय शिखाले जन्मोत्सवमा फजुल खर्च गर्नुभन्दा सामाजिक तथा परोपकारी काम गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै वृद्धाश्रममा बिहानको खाना खुवाएर जन्मोत्सव मनाएको बताइन् ।

मानिसहरुमा जन्मोत्सवमा फजुल खर्च गरेर ठूला होटलहरुमा पार्टी मनाउने प्रचलन बढी रहेका बेला उनले वृद्धाश्रममा रहेका आमा–बुबालाई खाना खुवाएर जन्मोत्सव मनाएको बताइन् । मानिसले आफुले आर्जन गरेको केही प्रतिशत रकम सामाजिक काममा खर्च गर्नु पर्छ भन्ने हेतुले जन्मोत्सव वृद्धाश्रममा मनाएको उनको भनाई छ ।

साझा घरमा हाल ३५ जना वृद्धवृद्धा रहेको व्यवस्थापक बेनुपप्रसाद भट्टराईले जानकारी दिए । झापासहित विभिन्न जिल्लाबाट वृद्धाश्रममा पुगेका आमा–बुबाले शिखालाई आर्शिवाद दिदैं दिर्घजीवनको कामना गरेका थिए । परोपकारी काममा संधै अग्रसर रहन आग्रह गर्दै उनीहरुले वृद्ध आमा–बुबालाई सम्झिएको खुशी ब्यक्त गरे ।

परिर्वतन आफैंबाट सम्भव रहेको भन्दै हरेक वर्ष जन्मोत्सवमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै जन्मोत्सव मनाउँदैं आएका श्रीमान सागर रिजालको कार्यबाट प्रभावित भएर आफुले पनि जन्मोत्सवमा केही परोपकारी कार्य गर्ने प्रेरणा मिलेको शिखाले बताइन् ।

वृद्धाश्रममा भएको जन्मोत्सव कार्यक्रममा बिर्तामोडका व्यवसायी शैलेन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो । आश्रमबाट उपलब्ध केक काटेर शिखाले वृद्ध आमा–बुबालाई खुवाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *