June 13, 2026

फाउण्डेशनको जिल्ला भेला सम्पन्न

0

purwanchal

इलाम, भदौ १५ ।  मदन भण्डारी फाउण्डेशन, जिल्ला शाखा इलामको सम्पन्न दोस्रो जिल्ला भेलाबाट महेश बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
भेलाले शाखाको उपाध्यक्षमा उपेन्द्रप्रसाद आचार्य, सचिव नवराज शंकर र कोषाध्यक्षमा इन्दिरा घिमिरेलाई चयन गरेको छ । शाखाको नवनिर्वाचित सदस्यहरुमा गणेशप्रसाद बराल, जयप्रकाश राई, केशव द्यौराली, प्रकाश खनाल, गणेश राई, सरिता निरौला (दाहाल) र हेम फागो रहेका छन् । जिल्ला शाखाका निवर्तमान अध्यक्ष अगमप्रसाद वान्तवाको अध्यक्षतामा भएको भेलामा निवर्तमान अध्यक्ष वान्तवाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्दिरा घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला भेलालाई सम्बोधन गर्दै ने.क.पा. (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका वान्तवाले बितेका २२ बर्षका उथलपुथलपूर्ण राजनीतिक संघर्ष र विचारधारात्मक प्रतिस्पर्धाबाट जनताको बहुदलीय जनवादको सच्चाई अकाट्य ढङ्गले पुष्टि भएको विचार व्यक्त गरे । एमाले जिल्ला कमिटी सचिव समेत रहेका गणेश बरालले नेपाली राजनीति जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबजको प्रकाशमा अघि बढीरहेको बताए । विश्वमा सोभियत मोडेलको कम्युनिष्ट आन्दोलन पतन हुँदै गर्दा नेपालमा मदन भण्डारीले माक्र्सवादको सिजनात्मक प्रयोगको रुपमा जबजलाई अघि सारेको स्मरण गर्दै सचिव बरालले आजसम्म आइपुग्दा जबज नेपाली क्रान्तिको मौलिक सिद्धान्तको रुपमा विकास भएको दावी गरे । यस्तै मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा इलामको नवनिर्वाचित अध्यक्ष महेश बस्नेतले इलाममा फाउण्डेशनले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबजको सच्चाइलाई गाउँ र बस्तीसम्म पु¥याउने किसिमका गतिविधिहरु गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *