September 16, 2026

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

विराटनगर ।

धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा को २ त ७११ नम्बरको ट्याक्टर ब्रेक फेल भई पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास–६ का ५२ बर्षीय बमबहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यता विराटनगर महानगरपालिका–३ दुर्गा चोकस्थित भित्रि सडक खण्डमा को १४ प ९४५८ नम्वरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा घाईते भएका स्कुटी चालक सप्तरी घर भई बिराटनगर–३ स्थितमा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

सवारी दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *