सामुदायिक वनहरूसंग साझेदारी कार्यक्रम थप अघि बढाइने
पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पर्यटन प्रबर्द्धन कार्यक्रम समेतका लागि सामुदायिक बनहरूसंग नगरले साझेदारी कार्यक्रमलाई थप अघि बढाइदै जाने बताउनुभयो ।
नगर प्रमुख राईले प्रमुख अतिथिका रूपमा वडा नम्बर १० स्थित पशुपति सामुदायिक बन उपभोक्ता समूहको ११ औं साधारणसभाको उद्घाटनका क्रममा सो कुरा बताउनु भएको हो ।
सभाले फागुन १८ गते निर्वाचन गर्नेगरी चुनावी कार्यक्रम तय गरेको छ ।
समूह अध्यक्ष इश्वर चौहानको अध्यक्षता र सचिव मैनादेवी फुयल आचार्यको संचालन रहेको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्घका प्रदेश महासचिव अग्नि पौडेल सहितले मन्तव्य राख्नु भयो ।
