September 17, 2026

कडरिया बन्धु सेवा समाजमा वीरेन्द्र

0

सुरुङ्गा ।

कडरिया बन्धु सेवा समाज झापा–मोरङ शाखाको नेतृत्व चयन गरिएको छ । ‘श्रम–सीप–समुन्नति’ नारासहित सम्पन्न कडरिया बन्धु सेवा समाजको छैटौं अधिवेशन तथा ते¥हौं वार्षिक साधारणसभाले २३ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।

शाखा अध्यक्ष हरिप्रसाद कडरियाको सभापतित्व र समाजका केन्द्रीय अध्यक्ष प्रभाखर कडरियाको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनले गठन गरेको समितिको अध्यक्षमा वीरेन्द्र कडरिया, उपाध्यक्षद्वयमा राजकुमार कडरिया र यज्ञबहादुर कडरिया, सचिवमा विकास कडरिया, सहसचिवमा कैलाश कडरिया र कोषाध्यक्षमा लयप्रसाद कडरिया चयन भएका छन् ।

त्यसैगरी, समितिको सदस्यहरूमा प्रेमप्रसाद कडरिया, हेमकुमार कडरिया, निरा कडरिया, निरमाया कडरिया, दीपक कडरिया, ज्ञानु कडरिया, देवीप्रसाद कडरिया, इन्द्रप्रसाद कडरिया र ओमप्रकाश कडरिया रहेका छन् ।

लेखा समिति संयोजकमा नवीन कडरिया र सदस्यमा भीमबहादुर कडरिया र बलराम कडरिया चयन भएका छन् । त्यसै गरी, केन्द्रीय परिषदमा नेत्रप्रसाद कडरिया, कमलप्रसाद कडरिया र अर्जुन कडरिया छानिएका छन् । सो अधिवेशनले हरिप्रसाद कडरिया संयोजक र मोहनप्रसाद कडरिया, रूद्रप्रसाद कडरिया, गणेशप्रसाद कडरिया, शिवकुमार कडरिया, डी. आर. कडरिया र शान्तिराम कडरिया सदस्यहरू रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।

सो अवसरमा ६ वर्षदेखि १४ वर्षसम्मका बच्चाले भाग लिने रियलिटी शो द भोइस किड्स नेपाल २०७८ का उपविजेता अनुजा कडरियासहित ९ जनालाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेमा कडरिया बन्धुका सन्तानमध्ये २०७५ साल, २०७६ साल र २०७७ सालको एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । २०७५ सालबाट हरिप्रसाद कडरिया, २०७६ सालबाट दिप्सन कडरिया र आर्यल कडरिया र २०७७ सालबाट स्मृति कडरिया, कुञ्जन कडरिया, अभियान कडरिया, दुर्गादेवी कडरिया र आर्यन कडरियालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कडरिया बन्धु वंशावली प्रकाशन समिति संयोजक मेदनप्रसाद कडरिया, जग्गादाता लगनबहादुर कडरिया लगायतको विशेष आतिथ्य रहेको उक्त कार्यक्रममा समाजका झापा– मोरङ शाखाका पूर्व सचिव कमलप्रसाद कडरिया, विर्तामोड नगरका जनप्रतिनिधि डी. आर. कडरिया, सल्लाहकार संयोजक गणेशप्रसाद कडरिया, पूर्व केन्द्रीय सचिव देवीप्रसाद कडरिया, केन्द्रीय सचिव भूपेन्द्र कडरिया र प्रमुख अतिथि प्रभाखर कडरियाले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा अध्यक्ष, सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरू पारित गरिएका थिए । उपाध्यक्ष राजकुमार कडरियाको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव वीरेन्द्र कडरियाले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *