September 20, 2026

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाईते

0

विराटनगर ।

उदयपुरको त्रियुगा नगरपालिका–१ रुपनीमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टेर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा तीन जना नै घाइते भएकोमा त्रियुगा नगरपालिका १ का १० बर्षीय नितेष चौधरीको जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते मृतककै बुबा ४० बर्षीय सत्यनारायण चौधरी र उनकै अर्का छोरा १२ बर्षीय निमिष चौधरीको सोही अस्पतालमा नै उपचार भईरहेको छ । उनीहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *