बुधबारे जेसीजका पदाधिकारीलाई प्रि-इन्डक्सन तथा लाेम अफिसर तालिम प्रदान
बुद्धशान्ति।

बुधबारे जेसीजले आज जेसीजका पदाधिकारीहरूलाई प्रि-इन्डक्सन तथा लाेम अफिसर तालिम प्रदान गरेकाे छ ।
अम्बिसन एकाडेमी बुद्धशान्ति-२ मा आयाेजित तालिममा संचारकर्मी तथा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष अनिल वाग्लेले तालिम प्रदान गरेका थिए ।
तालिममा सहभागीलाई पदाधिकारीकाे पदीय जिम्मेवारी, कर्तव्य, निभाउनु पर्ने भूमिका, सिकाईका आधारहरू र जेसीज इतिहासकाे बारेमा प्रशिक्षकले जानकारी गराएका थिए ।

अध्यक्ष मुकेश भट्टराईको सभापतित्वमा भएकाे तालिममा स्वागत मन्तब्य तालिम संयाेजक गाेकुल पाैडेलले राखेका थिए ।
पूर्व अध्यक्ष रमेश बराल, नन्दकुमार याफू राईकाे आतिथ्यता रहेकाे तालिममा जेसीज आस्था गजुहाङ याेङहाङले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन महासचिव अर्जुन ढकालले गरेका थिए ।
