‘कोठेबारी, ढुङ्गा र माटो’ कविता संग्रह लोकार्पित
बुद्धशान्ति ।

कवि गणेश निरौलाको कविता संग्रह ‘कोठेबारी, ढुङ्गा र माटो’ लोकार्पण भएको छ । बुद्धशान्ति गाउँपालिका वार्ड नं. ३, बुधबारे स्थित रामजानकी मन्दिरको सभा हलमा साहित्य प्रेमीहरुको एक समारोहबीच कविता संग्रह लोकापर्ण भएको हो ।
घर दलान साहित्य अभियान बुद्धशान्तिको आयोजना, शिक्षा सेवी भीम निरौलाको सभाध्यक्षता, प्राज्ञ तथा साहित्यकार विवश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित, पानसमा दीप प्रज्वलन र स्वस्ती बाचन गरि उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कवि निरौलाको कविता संग्रह लोकार्पण गरेका थिए ।
दिव्या निरौलाले अतिथिहरुलाई स्वागत गरेको कार्यक्रममा डा. गंगाप्रसाद अधिकारीले कृतिको समीक्षा गरेका थिए । कृतिमा, शासक, सरकारहरुले सही ढंङ्गले देश हाँक्न नसकेका, व्यबस्था ब्यबस्थित हुन नसकेका, जनआकांक्षाहरु पूरा गर्न नसकेका लगायतका गुनासाहरु, कृतिकारको जीवन भोगाई, अनुभव, भावना, आवेग, असन्तृष्टी, चित्त दुखाई, प्रसन्नता, देशको राजनीति, देश भित्रकै, देशकै माटो, स्थानियताका विषयहरु समेटिएका गहन कविताहरु रहेका समीक्षक अधिकारीले बताए ।
कार्यक्रममा प्राज्ञ पवन राजबंशी, चूडामणि वशिष्ठ, तारा विविध, कोमल निरौला, पुण्यप्रसाद खरेल, चन्द्र भण्डारी, केशव आचार्य, विनोद खनाल लगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा झापा, इलाम, मोरङ्ग र भारतका स्रष्टा, सर्जकहरुको वाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि विवश पोखरेलले झापा नेपाली साहित्यको राजधानी रहेको विचार मन्तव्यको क्रममा बताए । विशिष्ट अतिथिहरु कोमल निरौला, केशव आचार्य, पवन राजवंशी, पुण्य प्रसाद खरेल र चन्द्र भण्डारीले पनि मन्तव्य राखेका थिए ।
लिला भट्टराई, ऋजन मायालु, बाल प्रतिभा सफलता फूयाल, देवीचरण भण्डारी, खिल प्रसाद, जय आचार्य, टीका भट्टराई नेपाल, बलभद्र थापा, लक्ष्मी अच्युत ढुङ्गाना, विनोद खनाल, लक्ष्मी रिजाल, लता खरेल, समिन सिटौला, योगेश नेपाल अनन्त, पुरुषोत्तम ढुङ्गेल, पुष्प काफ्ले, माधव तिम्सिना, राम तिम्सिना, मिना निरौला, कालीबहादुर थापा, प्रचुर अभाव, कृष्ण रिजाल, जय भण्डारी, स्नेह पौडेल, मीरा निरौला, हेमन्ता भण्डारी र प्रकाश न्यौपानेले आआफ्ना काव्य रचना बाचन गरेका थिए ।
आयोजकका तर्पmबाट प्रमुख अतिथि, विशिष्ठ अतिथिहरु र कृति समीक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो । नाटककार तथा साहित्यकार टंक विकल्पले कार्यक्रम संचालन गरेका थिए ।
