September 21, 2026

आदिशक्ति गायत्री मन्दिरमा श्रीब्रम्ह् महापुराण शुरु

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ स्थित आदिशक्ति गायत्री मन्दिरको २८औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि श्रीब्रम्ह् महापुराण एवम् विराट धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।

यही पुस २२ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख अतिथि बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक एवम् सामाजिक अभियन्ता दुर्गा प्रसाईंले उद्घाटन गरेका थिए ।
उक्त महायज्ञमा आचार्य विष्णुप्रसाद खतिवडाबाट कथा प्रवचन र पण्डित सोमनाथ खतिवडाबाट मूल पाठ पारायण हुने महायज्ञ मूल आयोजक समितिकी सचिव प्रभा नेपालले जानकारी दिइन् ।

महायज्ञ आयोजना गर्नुको उद्देश्यहरु आध्यात्मिक क्षेत्रबाट जनजागरण ल्याउने, माता गायत्रीको मूर्ती स्थापना गर्ने, अक्षयकोषको रकममा वृद्धी गर्ने, नवनिर्मित मन्दिरमा विद्युत विस्तार गर्ने, मन्दिर परिसरमा घेराबारा गर्नेलगायत रहेको बताइएको छ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, शंकराचार्य पीठ साधुटारका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा, विवेका आश्रम चारपानेका महासचिव छन्दुराम भण्डारी, सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, सामाजिक व्यक्तित्व सरस्वती सिटौला गोलेलगायतले महायज्ञ सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञ मूल आयोजक समितिका संयोजक योगप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद नेपालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन महायज्ञ आयोजक समितिकी सचिव नेपालले गरेकी थिइन् ।

महायज्ञ उद्घाटन अघि कनकाई नगरपालिकास्थित धार्मिक तीर्थस्थल कनकाई नदीसम्म कलश यात्रा गरी सहभागीहरुले कनकाई नदीको जल महायज्ञ आयोजना स्थलको मन्दिरमा ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *