कटुवा पेस्तोलसहित एक जना पक्राउ
सुनसरी।

सुनसरीको दुहवी नगरपालिका–३ बाट एक थान पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल साह रहेका छन् । साहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी–३ बाट उनलाई पक्राउ गरेको हो ।
साहको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
