समुन्नत सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ठलाई सम्मान
झापा, समुन्नत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड झापाले आर्थिक वर्ष २०७७÷०७८ सम्ममा शेयरपूँजी एक करोड २८ लाख १६ हजार पु¥याएको छ । संस्थाको ५१ लाख १३ हजार ९ सय ९४ रुपैयाँ ३६ पैसा जगेडा कोषमा रहेको संस्थाका अध्यक्ष कमल पौडेलले बताएका छन् ।
सहकारीको १४ औं वार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले संस्थाको निक्षेप ६ करोड ९२ लाख ६९ हजार ४ सय ७८ रुपैयाँ ५८ पैसा फिर्ता गरेको र आठ करोड १२ लाख ७८ हजार ७२ रुपैयाँ ५९ पैसा निक्षेप संकलन गरेको बताए । संस्थाको निक्षेप मौजातचार करोड ६ लाख ६ हजार ६ सय ३१ रुपैयाँ ९२ पैसा रहेको बताइएको छ ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको साधारणभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक बिर्तामोडका शाखा प्रमुख विवेक डाँगीले गरेका थिए । संस्थाका सदस्य चौतन्य प्रकाश मैनालीले स्वागत गरेको कार्यक्रममा कृषि उपज थोक वजार बिर्तामोडका अध्यक्ष कमल पौडेल, बिर्तामोड ५ का वडा सदस्य ढाचाराज कडरिया, मिलनसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद वास्कोटा, कालिका वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्ण तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीमा आवद्ध ज्येष्ठ शेयर सदस्य वालादेवी खरेल, उत्कृष्ठ बचत कर्ता कृष्ण प्रसाद खतिवडा, ऋणी केशर वहादुर मगर, कर्मचारी देवजना कोइराला,उत्कृष्ठ विद्यार्थी कृपा खतिवडा (अर्जुनधारा १०), सदिक्षा वराल (अर्जुनधारा – ९) करुणा उप्रेती (बिर्तामोड– ५) लाई सम्मान गरिएको थियो ।
सहकारीका लेखा समिति संयोजक एकनाथ शिवाकोटीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने ऋण समितिको प्रतिवेदन रामजी पोखरेलले गरेको सहकारीका सञ्चालक समिति सदस्य नवीन वरालले जानकारी दिए ।
कार्यक्रमको संचालन सहकारीका उपाध्यक्ष लक्ष्मी प्रसाद सुवेदीले गरेका थिए ।

