September 17, 2026

‘खेलकुदले पथरी– शनिश्चरेलाई चिनाउँदै’

0

मोरङ, मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरलाई खेलकुदबाट चिनाउने काम भइरहेको बताएकी छन् । उनले वडा नम्बर १०मा थ्री रिभर्स एफसी अमेरिकाको आयोजनामा पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले नगरलाई चिनाउने भन्दै खुशी व्यक्त गरेकी थिइन् ।


खेलप्रतिको विकासका लागि खेल भइरहेको मैदानलाई नगरले पथरीशनिश्चरे रंगशालाको रुपमा डीपीआर तयार गरिसकेको समेत उनले बताइन् । भूटानी शरणार्थी शिविरदेखि दक्षिणको प्रस्तावित रंगशालामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफसी झापालाई २–१ गोल अन्तरले पराजित गर्दै भाउन्ने एफसी मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । उद्घाटनका अवसरमा अखिल नेपाल फुटबल संघ मोरङको अध्यक्ष दीपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *