September 19, 2026

ब्राउन सुगर सहित दुई जना पक्राउ

0

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१५ को २ नम्बरढाटबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम १२० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *