ट्रकको ठक्करबाट एक जनाको मृत्यु
इलाम ।

इलामको इलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् । दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकिराखेको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो ।
ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
