बल्र्ड लिङ्क ले ल्यायो ‘दशैको वहार डवल उपहार ’ योजना
झापा, इन्टरनेट प्रदायक संस्था बल्र्ड लिङ्क कम्युनिकेशन प्रालिले चार्ड पर्वलाई लक्षित गरी आफ्ना ग्राहकका लागि नयाँ योजना अघि सारेको छ । ‘दशैको वहार डवल उपहार ’योजना अन्तरगत कम्पनीको दशैं अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ ।
वल्र्डलिङ देशकै ठूलो इन्टरनेट सेवा प्रदायक संस्था हो । यसले देशभरका ग्राहकलाई मध्यनजर गर्दै पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको बताइएको छ ।
यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैं अफरमा सहभागिता जनाउन सक्नेछन् ।
निकै लामो समयपछि वल्र्डलिङ्कले ल्याएको छ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटीभीसहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १ हजार ३१७ रुपैयाँ पर्नेछ ।
त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १ हजार २०० रुपैयाँमै दुई ओटा नेटटीभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १ हजार ४३४ रुपैयाँ पर्नेछ ।
यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १ हजार ४०० रुपैयाँमै दुई ओटा नेटटीभीसहित वर्ल्डलिङ्कको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ ।
यस्तै तीन ओटा नेटटीभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १ हजार ६०० रुपैयाँ पर्नेछ ।
८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ ।
वल्र्डलिङ्क अनुसार दुई ओटा नेटटीभीसहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन ओटा नेटटीभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।
कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटीभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई–फाई रोमिङ र नेटटीभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ ।
देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई–फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् ।
नयाँ ग्राहकसँगै वर्ल्डलिङ्कका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दशैं अफर प्राप्त गर्नेछन् । यस्तै हालै मात्र वर्ल्डलिङ्कले वाइफाइको समस्या समाधान गर्न नयाँ मेश वाइफाइ समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज ३०० एमबीपीएस इन्टरनेट वाइफाइ सेवा प्रयोग गर्न सकिन्छ वताइएको छ ।
