September 26, 2026

निर्वाचन पछि फेरिएला कांग्रेस ?

0

‘सबै नेपालीको एउटा सानो घर होस् । एउटा दुहुने गाई होस् । छोराछोरी स्कूल पढ्न पाउन् । यही हो नेपालको सन्दर्भमा समाजवाद ।’ –वीपी कोइरालाको परिकल्पना थियो ।

अंग्रेज उपनिवेशबाट भारत स्वतन्त्र भएसँगै विपि कोइरालासहितका नेताहरुले नेपालमा पनि राणा शासन अन्त्य गर्न सकिने विश्लेषण गरी केही उत्साही युवाहरुको सहयोगमा २००३ साल कात्तिक १५ मा देवीप्रसाद सापकोटाको सभापतित्वमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’को प्रथम अधिवेशन ग¥यो । जसमा उपसभापति बालचन्द्र शर्मा, महामन्त्री कृष्णप्रसाद उपाध्याय, प्रचारमन्त्री गोपालप्रसाद उपाध्याय र वीपी कोइराला सङ्गठन संयोजक थिए । यसको चार महिनापछि १२ माघ २००३ मा प्रजापरिषद्मा आवद्ध गणेशमान सिंहको प्रस्तावमा नेपालको जेलमा रहेका टंकप्रसाद आचार्यको अध्यक्षतामा ‘नेपाली राष्ट्रिय कांग्रेस’को स्थापना गरे, त्यस प्रस्तावलाई स्वीकार्दै वीपी कोइराला कार्यवाहक अध्यक्ष भए । डिल्लीरमण रेग्मी प्रचारमन्त्री, बालचन्द्र शर्मा महासचिव र सदस्यहरुमा गोपालप्रसाद उपाध्याय, कृष्णप्रसाद उपाध्याय र रुद्रप्रसाद गिरी भए ।

नेपालमा राजाको मुक्ति र जनराज्यको स्थापना गर्ने उद्देश्यले ‘नेपाल प्रजातान्त्रिक कांग्रेस’ले १५ पुस २००५ मा पहिलो अधिवेशन ग¥यो, जसले महेन्द्रविक्रम शाहलाई सभापति, सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री, प्रेमबहादुर कंसाकारलाई सहमहामन्त्री, सुवर्ण शम्सेर र महावीर शम्सेरलाई यसको नेता निर्वाचित ग¥यो । २००६ साल चैत्र १४ गते नेपाल प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस कोइराला समूहका अध्यक्षले पार्टी एकीकरणको आवश्यकता देखाएर वक्तव्य सार्वजनिक गरी चैत्र २७ गतेबाट भएको सम्मेलनले दुबै पार्टीलाई एक गरी ‘नेपाली कांग्रेस’ नामकरण ग¥यो ।

‘राष्ट्रियता भनेको माटो मात्र होइन, राष्ट्रियता भनेको जनता, जनताका समस्या ती समस्यालाई समाधान गर्ने प्रयत्न र ती प्रयत्नले उब्जाएको एकताको भावना नै राष्ट्रियता हो’ वीपी कोइरालाको अर्काे परिकल्पना । १३औं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीभित्र गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको साढे पाँच बर्षे कार्यकालमा अझ मलजल बढेर झाङ्गिनाले यतिबेला वडाअधिवेशनमा छताछुल्ल भएर पोखियो । कांग्रेसको दर्शन खुला, स्वतन्त्र, स्वविवेक अनुसार निर्णय गर्न सक्ने, व्यक्तिलाई स्वतन्त्र छनौटको अधिकार हुने भन्ने हो । तर, वडा अधिवेशनका अधिकांश ठाउँमा सस्ंथापन र इतर पक्ष आपैंm प्रतिस्पर्धामा उत्रिँदा प्रचार–प्रसारभन्दा अनेकौं दाउपेच मौलाउन पुग्यो । आवश्यक संख्या छाडेर आफ्नोमा मात्र संकेत चिन्ह देखाउने लगायतका अर्काे दलसँगको चुनावी प्रतिस्पर्धामा भिडेकोभन्दा तुच्छ र निकृष्ट प्रविधि वडा अधिवेशनमा सीमा नाघेका भान हुन्थे । आफ्नै घरभित्रको बिषय मानेर स्वस्थ प्रतिस्पर्धातर्पm उन्मुख हुन दिनुपर्नेमा आफूलाई मन नपरेकालाई अनेकौं दाउपेच अपनाई चुनावी मैदानबाट गिराउन गरिएका विधिहरु र गुटको हैसियत अनुसार स्थानको भागबण्डा पार्टी हित विपरीतका थिए ।

पार्टी संगठन निर्माणमा लामो समयदेखि पु¥याएको सक्रियता र पार्टीमा स्वच्छ छवि बनाएका नेता र कार्यकर्ता गुटमा समावेश नभएकाकारण वडाबाटै क्षेत्रीय प्रतिनिधि आउनबाट रोकिए । कांग्रेसमा अनुशासन, सङ्गठन लगायतका विभागहरुको अभावबाट हौसियका यस प्रकारका जत्थाहरुलाई समयमै कमजोर गराई निर्मूलिकरण गर्ने प्रक्रियाको व्यवस्थापन अब पार्टीको काँधमा आएको प्रष्ट छ ।
नयाँ पुस्ताको नेतृत्वको कुरा गर्ने तर पार्टी सङ्गठनलाई पुरानै सोच र शैलीले अघि बढाउन चाहने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि कांग्रेसलाई कठिन देखिन्छ । समाजवादी चिन्तन र सिद्धान्त छाडेर नीतिभन्दा नेतामुखी हुँदै गरेको कांग्रेसलाई नीतिमुखी बनाउन र नेतालाई अधिनायकवादी र स्वेच्छाचारी नभएर, लोकतन्त्रवादी हुन र भएर समाजिक रुपान्तरणमा अग्रसर गराउन कार्यकर्ताले दवाब सृजना गर्न अत्यावश्यक छ । प्रजातान्त्रिक समाजवादको उद्देश्यबाट स्थापित नेपाली कांग्रेसको यात्राक्रमले निकै आरोह–अवरोह व्यहोरेको छ । १३औं महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्यको सतप्रतिशत नयाँ सदस्यता बाँडेर कांग्रेसले अहिले आठ लाख ३० हजार क्रियाशील सदस्यता पु¥याउने अठोट बनाएको हो । चौवन्नी सदस्य भनेर वितरीत सदस्यताको परम्परा समयको बहावले २०४६ सालपछि क्रियाशील सदस्य हुँदै महाधिवेशन, महासमिति मार्पmत नेतृत्व चयन परम्पराको थालनी भएकोे छ ।

निर्वाचनका कुनै एक चरणमा कसैलाई एकपटक भोट हालिदिएपछि आफ्नो जिम्मेवारी सकिएको ठान्ने क्रियाशील सदस्यहरुको ठम्याइलार्ई निरन्तर क्रियाशील गराउने नीति निर्माण आवश्यक छ । नेताले चाहेको व्यक्तिले पार्टीको क्रियाशील सदस्यता पाउने र तिनै क्रियाशील सदस्यहरुले पार्टीको तल देखि माथिसम्मको नेतृत्व चयन गर्ने कांग्रेसको व्यवस्थालाई अब पुनर्विचार गर्नुपर्ने आँकलन हुन थालेको छ । आपैंmले सक्रिय सदस्यता वितरण गरी भोटर बनाउने अनि तिनै भोटरबाट निर्वाचित हुन चुनावी मैदानमा उत्रिने बिषय र प्रक्रिया कति स्वभाविक र सान्दर्भिक भन्ने प्रश्न उठ्ने गरेको छ ।
कांग्रेसले अधिवेशन पछि बृहत्तर छलफल गरी पार्टीले तोकेको शर्तमा रहने गरी वा पूरा गर्ने जो कोहीले पनि सदस्यता लिनसक्ने व्यवस्था मिलाउन सके समय सान्दर्भिक हुनसक्ला नत्र निर्वाचनका संघारमा पाइला राख्दा नै सधैँ सक्रिय सदस्यता वितरण विवादका चर्चा र मुद्दाहरु उठिरहने र देखिइरहने छन् ।

यसै धर्तीका प्राचीन नेतृत्वहरु मानदेव, जयस्थिति मल्ल, प्रतापमल्ल, पृथ्वीनारायण शाह, जङ्गबहादुरहरु अनेकौं कृतिका कारण मरेर पनि जिउँदै लाग्छन् । २०४६ सालपछि जनताले नेताहरुबाट यही आशा गरेका थिए । जनताले भोट जिताएपछि म १० देखि ५ बजेसम्म काम गर्ने तलबी कर्मचारी होइन मैले देश र जनताको सेवा गर्न पाउने महान अवसर र जिम्मेवारी पाएँ होइन, बल्ल मौका पाएँ भन्ने सोचमा परिवर्तन आउन सकेन । मुलुकका विगतका महान नेताहरुको सस्मरण गर्न इतिहासका पानाहरु नै पल्टिएनन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनले बृहद् छलफलपछि सम्पूर्ण केन्द्रीय बिभागहरुको निर्माणसँगै देश र जनताप्रति समर्पित भावना उजागार गराउन सक्षम केन्द्रीय समिति निर्माण गर्नसकोस् हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *