गजल

मान्छेको व्यवहार र नारा फरक हुन्छ
जीवन जिउने शैली पारा फरक हुन्छ
आकाश र धर्तीको मिलन हुनसक्छ खै ?
हेनुहोस् न चन्द्र र तारा फरक हुन्छ
एकै कोखबाट जन्मिएका सन्तान पनि
सम्पत्तिमा हेर्नुस् भाइमारा फरक हुन्छ
दु:ख पर्दा मलम ? या नुनचुक छर्किने ?
हेर्नुहोस् न मायाको सहारा फरक हुन्छ
