September 24, 2026

मोरङमा नवआगन्तुक प्रजिअ दाहालको स्वागत

0

पथरीशनिश्चरे,

मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुभएका काशीराज दाहाललाई एक कार्यक्रमका बीच हार्दिक स्वागत गरिएको छ ।

गृह मन्त्रालयबाट सरुवा भई आउनु भएका प्रजिअ दाहालको सम्मानमा मंगलबार बिहान एक भव्य स्वागत तथा परिचय कार्यक्रम आयोजना गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना प्रकाशित गर्दै सोबारे जानकारी दिएको हो ।

उक्त अवसरमा आयोजित कार्यक्रममा उहाँको भव्य स्वागत गर्दै आगामी कार्यकाल सफलताको शुभकामना पनि दिईएको थियो भने कार्यालयका कर्मचारीहरुसित पनि परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो।

प्रजिअ दाहालको आगमनअघि प्रमुख जिल्ला अधिकारीको रूपमा कोशहरि निरौला हुनुहुन्थ्यो । उहाँको ३ दिन अघि मात्र सरूवा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *