गोपालको शब्द, किरण र मेलिनाको स्वरमा ‘एकै छिन’ सार्वजनिक (भिडियो)
काठमाडौँ । 
‘किन मायामा’ बोलको गीतमा एकसाथ सहकार्य गरेर स्रोताको मन जित्न सफल गीतकार गोपाल लोहार, गायक किरण गजमेर र संगीतकार वसन्त सापकोटा फेरि एकपटक ‘एकै छिन’ बोलको गीत लिएर दर्शक स्रोता माझ आएका छन्।
युवा युवतीको बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायिका मेलिना राईको समेत स्वर सुन्न सकिन्छ। गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ। प्रभात पाल ठकुरी र कविता न्यौपाने अभिनित यस भिडियोको छायांकन गोदावरीमा गरिएको हो।
श्याम तामाङ्गले छायांकन गरेको भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
