September 23, 2026

जेसीज सप्ताह शुरु १३ जनाले गरे रक्तदान

0

मेचीनगर ।

मेचीनगर लेडी जेसीजले सोमबारबाट जेसीज सप्ताह शुरु गरेको छ । सप्ताहको पहिलो दिन झापाको मेचीनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल रेडक्रस सोसाईटि रक्त सञ्ञ्चार सेवाकेन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । प्राविधिकहरु करुणा कार्की, पन्ता राई, सरीता विश्वकर्मा र बिनिता राजवंशीले रक्त संकलन गर्नुभएको थियो । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्ञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई प्रदान गरिएको छ ।

झापाका रक्त सञ्चार सेवाकेन्द्रमा रगत अभाव हुँदा विभिन्न अस्पतालमा उपचार गराईरहेका र रगतको आवश्यक परेका विरामीलाई समस्या पर्ने भएकाले यो अभाव टार्न जेसीज सप्ताहको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम मुल समारोह समिति संयोजक अनिता खनाल गुरागाईँले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटि झापा शाखा सभापति लोकराज ढकालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा ६ महिला र ७ पुरुष गरी १३ जनाले रक्तदान गरेको मेचीनगर लेडी जेसीजका अध्यक्ष सुशीला खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारणहरुले रगत दान गरेका थिए । भदौ २८ देखि शुरु जेसीज सप्ताह असोज २ गतेसम्म चल्ने छ ।

यसपटकको सप्ताहमा सवै कार्यक्रम स्वास्थ्यसँग केन्द्रित रहने बताइएको छ । मेचीनगर लेडी जेसीजले सार्वजनिक गरेको साताव्यपी कार्यक्रमको तालिका अन्तर्गत रक्तदान, दन्त परीक्षण, नाक,कान, घाटी सम्बन्धि परीक्षण, प्रयोगशाला आँखा शिविरसहित अन्य स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । अधिकाँश कार्यक्रम मेचीनगरको वडा नम्बर ९ र १० मा केन्द्रित छन् ।

सप्ताहको दोस्रो दिन मेचीनगर— ९ मा आँखा शिविर सम्पन्न हुने सार्वजनिक गरेको साताव्यपी कार्यक्रमको तालिकामा उल्लेख छ । रक्तदानबाट शुरु भएको जेसीज सप्ताह असोज २ गते महिलाहरुको सवै समस्याहरुको समधान महिला तथा प्रसुती रोग विषेषज्ञ डाक्टर पविना कट्टेलबाट गर्ने योजना छ । उक्त दिन महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ ।

यो सँगै कार्यक्रम समापन हुने लेडी जेसीजले जनाएको छ । फरक फरक दिन हुने स्वास्थ्य परीक्षणमा नाक, कान घाटी रोग विशेषज्ञ डाक्टर निरज रौनियार, डेन्टन सर्जन विनु चौधरी, काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ठ अहेव लेखनाथ खतिवडासहितका स्वास्थ्यकर्मीले सेवा उपलबध गराउने बताइएको छ । प्रयोगशालामा झापाको मेचीनगर—१० स्थित आगमन मेडिकल हलद्वरा सञ्चालित स्वागतम प्याथोलोजीले प्राविधिक सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *