भाडा माझ्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
सुनसरी।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बडहराकी ५०बर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागि बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
