September 21, 2026

झापाका तीन विद्यार्थी संगठनद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

0

बिर्तामोड । 

 

अखिल (क्रान्तिकारी) झापा, नेपाल बिद्यार्थी संघ झापा र समाजवादी बिद्यार्थी युनियन झापाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । बिर्तामोडमा संयुक्त रुपमा सोमवार पत्रकार भेटघाट गर्दै उनीहरुले अन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अन्र्तगत भदौ २२ देखि २४ गते स्थानीय शिक्षा शाखामा माग पत्र पेश गर्ने, २३ गते जिल्ला शिक्षा समन्वय इकाई, जिल्ला प्रशासन कार्यालय, प्याव्सन, एनप्याव्सनलाई ध्यानाकर्ष पत्र बुझाउने, २६ गतेसम्म माग पूरा नगरिए शैक्षिक संस्था, लेखा शाखा तालाबन्दी कार्यक्रम घोषणा गर्नेलगायतका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

अखिल (क्रान्तिकारी) झापा अध्यक्ष अनिल सुवेदी, नेपाल बिद्यार्थी संघ झापा सभापति राजेन्द्र उप्रेती र समाजवादी बिद्यार्थी युनियन झापा उपाध्यक्ष सुनिल हताचोले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले कोरोना भाइरस महामारीमा पनि अनलाइन कक्षा सञ्चालनवापत चर्को शुल्क बिद्यालयले असुलेकोप्रति ध्यानाकर्षण गराए पनि त्यसको कुनै प्रवाह नगरी बिद्यार्थी र अभिभावकबाट चर्को शुल्क असुलेको जनाएका छन् ।

सरकारी बिद्यालयले पनि अग्रेजी माध्यमको बहानामा कानुन उल्लङ्घन गरी यस्तो विषम परिस्थितिमा पनि भर्ना शुल्क, मासिक शुल्क लगायतको वहानामा संस्थागत बिद्यालय सरह शुल्क असुल गरिरहेको बिज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको संस्थागत बिद्यालयले पनि विभिन्न शिर्षक जस्तै भर्ना शुल्क, रजिष्टे«शन शुल्क, परिक्षा शुल्क साथै अनलाइन कक्षा शुल्कको वहानामा अघिल्लो बर्षको भन्दा वढी शुल्क बृद्धि गरी असुलिरहेको छ ।’ स्थानीय सरकार मातहतमा रहेका शिक्षा शाखाले क्षेत्राअधिकारभित्र शैक्षिक गतिविधि तथा कानुन कार्यन्वयन गरेको नपाइएको बताइएको छ ।

त्यस्तै शिक्षा शाखाको नियमित अनुगकन तथा नियन्त्रणमा ध्यान नभएका कारण जथाभावी शुल्क निर्धारण गरेको पाइएको बिज्ञप्तीमा छ । पाठ्य पुस्तकहरु छनौट गर्दा पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना अबैधानिक पुस्तकहरु बिद्यायमा लगाइएको देखिएकोलगायतका समस्याहरु भएको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *