September 20, 2026

कांग्रेस बिर्तामोड २ को सभापतिमा देवीप्रसाद

0

बिर्तामोड ।

नेपाली कांग्रेस बिर्तामोड–२ को वडा समिति सर्वसम्मत चयन गरेको छ । समितिको सभापतिमा देवीप्रसाद खरेल सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै उपसभापतिमा लक्ष्मीप्रसाद लिम्बू, बद्रीप्रसाद भट्टराई, सचिवमा लिलम गुरागाई, रुपनारायण ढकाल, सहसचिवमा सूर्य सुब्बा लिम्बू, जंगबहादुर श्रेष्ठ चयन भएका हुन् । समितिको सदस्यहरुमा नरेन्द्रप्रसाद खरेल, किशोर ढुंगाना, गणेशप्रसाद उप्रेती, पर्शुराम दाहाल, दिलीप पण्डित, चन्द्रबहादुर बस्नेत, शिवप्रसाद ओली, प्रेमा ओली, रञ्जु भेटवाल, मदन अधिकारी, लयन्द्रविक्रम न्यौपाने, चन्द्रप्रसाद शिवाकोटी, विजयकुमार खरेल, मौसम काफ्ले, रमानन्दप्रसाद गणेश, राकेश राजवंशी र सुतानुसिंह राजवंशी वडा समितिमा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै समितिको क्षेत्रीय प्रतिनिधिमा धर्मराज लक्सम्बा, गौरीशंकर मिश्र, शान्तिराम निरौला, प्रतिमान खड्का, रामलाल उप्रेती, देवीप्रसाद गिरी, विष्णुप्रसाद ओली, विष्णुप्रसाद भट्टराई, लक्ष्मीप्रसाद खनाल, गोविक्रम बस्नेत, तारा प्रसाईं, गंगाराम ओडारी, तेजुङ सुब्बा लिम्बू र घनश्याम दाहाल पुरुष प्रतिनिधिका रुपमा चयन भएका हुन् ।

त्यस्तै खस आर्य पुरुषतर्फ कमल मिश्र, युवराज कट्टेल र देवीप्रसाद संग्रौला चयन भए भने खस आर्य महिलातर्फ इन्दिरा मिश्र मैनाली, समिरा घिमिरे बजगाईं र रुक्मिणी खरेल चयन भए । त्यस्तै आदिवासी जनजाति पुरुषतर्फ विजय गुरुङ, इन्द्रकुमार साउदेन र निमनारायण राजवंशी चयन भए । आदिवासी जनजाति महिलातर्फ लीला सुब्बा लिम्बू, प्रमिलाकुमारी राजवंशी चयन भए ।

त्यस्तै मधेसी समुदायमा सुरेश यादव सर्वसम्मत चयन भए भने दलिततर्फ विमला खाती विश्वकर्मा चयन भइन् । त्यस्तै प्रत्यक्ष महिला क्षेत्रीय प्रतिनिधितर्फ पार्वता गिरी, उर्मिलाकुमारी ढकाल पोखरेल, कृष्णमाया रिजाल, लक्ष्मीदेवी प्रसाई, दाहाल, चित्रकला ओली, पिंगलादेवी गौतम दाहाल र निर्मला रिजाल चयन भए । अल्पसंख्यकतर्फ दुखीलाल मल्लिक चयन भए भने आदिवासी थारुतर्फ विमला चौधरी सर्वसम्मत चयन भएको नवनिर्वाचित वडा सभापति खरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *