June 19, 2026

विर्ता सिटीमा भगवान आए

0

bhaga
बिर्तामोड, जेठ १६ । त्रिवि शिक्षण अस्पताल महारजगञ्जका पूर्व कार्यकारी निर्देशक डा. भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा अधिक समस्या रहेको बताएका छन् ।
बिर्तामोड नगरपालिकामा हालै सञ्चालनमा आएको विर्ता सिटी हस्पिटल एण्ड रिसर्ज सेन्टरको आज अवलोकनपछि पत्रकारहरुसंग कुराकानी गर्दै उनले सरकारको उदाशीनताका कारण स्वास्थ्य क्षेत्रमा समस्या अधिक रहेको बताएका हुन् । सरकारले सबैको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तत्काल हल नगर्ने हो भने आगामी दिनमा यो क्षेत्रमा झन् समस्या बढदै जाने डा कोइरालाले बताए ।
स्वास्थ्य क्षेत्रमा के कस्ता समस्या देखिएका छन् त्यो भने नबताएका  डा. कोइरालाले स्वास्थ्य क्षेत्र आफैंमा संम्वेदनशील तथा  व्यापक रहेको र यसलाई विश्वनीय बनाउन डा. एक्लैले मात्र नसक्ने धारणा राखे । सरकारले स्वास्थ्य क्षेत्रमा विशेष निति ल्याउनु पर्ने बताउदै उनले स्वास्थ्य निति कमजोर बनेकै कारण स्वास्थ्यसंग जोडिएर अनेकैं समस्या आइरहने बताए । डाक्टर अध्ययन गर्न चहाने नेपालीका लागि सरकारले पर्याप्त कोटा खोल्न नसक्नु तथा  नेपालीले महंगो शुल्क तिरेर विदेश गएर पढ्नु आफैंमा दुखद् कुरा हो डा भगवानको भनाई छ ।  उनले पत्रकारसंगको कुराकानीमा भने –‘ विदेश गएर नेपालीले पढ्दा धेरै धनराशी विदेसिन्छ नै दक्षता हासिल गरिसकेका डाक्टरसमेत नेपाल फर्केर आउदैनन् ।’
एक फरक प्रसंगमा उनले पूर्वाका स्थानीय वासीलाई मध्यनजर गर्दै खोलिएको अस्पतालले जन अपेक्षा पूरा गर्नेमा आफू विश्वस्थ्त रहेको बताउदै डा कोइरालाले अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न कन्जुस्याई गर्नु नहुने बताए । ताप्लेजुङ्गको स्वास्थ्य अवस्या र त्यहाँ आयोजित स्वास्थ्य सिविरमा सरिक हुन चिकित्सक सहितको टोलीका साथ झापा आइपुगेका उनले विर्ता सिटी अस्पतालले पूर्वमा रहेका स्थानीयमा देखिएको स्वास्थ्यसंग सम्वन्धित जस्तोसुकै रोगको निदानमा अहम भूमिका खेल्नु पर्ने अस्पताल प्रशासनलाई आग्रह समेत गरे ।
अत्याधुनिक उपकरणका साथ सञ्चालनमा ल्याईको आस्पतालले प्रदान गर्ने सेवा सुविधा र अस्पतालको भैतिक अवस्थाका बारेमा अस्पतालका अध्यक्ष गोपालकुमार वस्नेत र डा अनिल वस्नेतले जानकारी गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *