June 19, 2026

एउटै छानामुनी बाथरुमका सामाग्री

0

बाथरुमका सामान एकै ठाउमा

बिर्तामोड, जेठ १५ । बाथरुमका लागि चाहिने आबश्यक सामग्री खरिद गर्न भारत धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।
झापाको अनारमनी–३ बिर्तामोडमा एउटै छानामुनि डालमिया ग्रुपले संचालनमा ल्याएको वाथ डेकोरमा अब यी सबै समान उपलब्ध हुने भएपछि झापावासीले आफूलाई चाहिने यस्ता समान खरिदका लागि भारत तथा बिराटनगर धाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।
उद्योगी विजय डालमिया तथा जयनारायण यादबले एक करोड रुपैया“को लगानीमा संचालन गर्न लागेको व्यासायिक प्रतिष्ठान केके सेल्सको भोलि  बिधिवत उदघाटन ह“ुर्दैछ । उदघाटनको पूर्वसन्धयामा बिहीबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी बिधिवत उदघाटन गर्न लागिएको संचालक विजय डालमियाले बताए । ‘यस्ता प्रकृतिका समान खरिद गर्न कित भारत कित बिराटनगरनै पुग्नु पर्ने थियो” मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष समेत रहेका डालमियाले भने– तर पनि सबै समान एक्कै ठाउँमा नपाएर सास्ती बेहोर्नु पर्दथ्यो अब सबै समान एउटै छाना मूनि पाईन्छ यसले थप आर्थिक भार एवं सास्ती वेहोर्नुपर्ने बाँध्यता टरेको छ ।
यहाँ उपलब्ध हुने समानहरुमा ९० प्रतिशत भारतीय र बाकी चाईनिज रहेको संचालक डालमियाले जानकारी दिए ।
सेनेटरी , बाथारुम फिटिङ, टायल्स सामग्री उपलब्ध हुने सञ्चालक डालमियाले बताए । उदघाटनका अवसरमा हरेक समानका खरिदमा ५ देखि १८ प्रतिशतसम्म थप छुट दिइने र घरसम्म निशुल्क ढुवानीको व्यवस्था पनि रहेको उनले बताए ।
तस्वीर लक्ष्मी उप्रेती

Leave a Reply

Your email address will not be published. Required fields are marked *