June 18, 2026

झापा गाउँपालिकाको सबैभन्दा कम बेरुजु

0

उमानाथ भण्डारी,कमल।

झापाका १५ वटा स्थानीय तह मध्ये झापा गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार झापा गाउँपालिकाको बेरुजु शून्य दशमलव ०६ प्रतिशत रहेको छ । त्यस्तै कमल गाउँपालिकाको शून्य दशमलव ०८ प्रतिशत मात्र बेरुजु देखिएको छ । त्यसैगरी शिवसताक्षी नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ ।

प्रतिवेदन अनुसार लेखा परीक्षण गरिएको कूल रकम एक अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपैयाँमध्ये अर्थात् ११ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ । यो रकम कूल रकमकोे शून्य दशमलव ०६ प्रतिशत हो । गौरीगञ्ज गाउँपालिकाको बेरुजु रकम एक करोड १५ लाख छ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कूल रकम ९९ करोड ४३ लाख एक हजार रुपैयाँको एक दशमलव १६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

झापाका १५ वटा स्थानीय तहहरू मेची नगरपालिकाको बेरुजु प्रतिशत दुई दशमलव २७ प्रतिशत, भद्रपुर नगरपालिकाको चार दशमलव २३ प्रतिशत, दमक नगरपालिकाको एक दशमलव ०९ प्रतिशत, कन्काईको एक दशमलव ३४ प्रतिशत, अर्जुनधाराको दुई दशमलव ९० प्रतिशत, गौरादहको एक दशमलव ४६ प्रतिशत, हल्दिबारीको दुई दशमलव ५९ प्रतिशत, बाह्रदशीको एक दशमलव ६६ प्रतिशत, बुद्वशान्तिको दुई दशमलव २० प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

झापाका १५ वटा स्थानीय तहमध्ये कचनकवल गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । लेखा परीक्षण गरिएको एक अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको छ दशमलव ०६ प्रतिशत रकम अर्थात् सात करोड २३ लाख २१ हजार रूपैयाँ बेरुजु देखिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानून बमोजिम रित नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई महालेखाले बेरूजु देखाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *