June 20, 2026

सोक्तिमका चिया मजदुरलाई खाध्यान्न सहयोग

0

विमल दहाल, ईलाम,

सोक्तिम चिया बगानमा काम गर्ने बिपन्न चिया मजदुरहरुलाई बिहिबार खाध्यान्न सहयोग गरिएको छ।

कारितास नेपालको आयोजना, मानब अधिकार संजाल तथा शान्ति कार्य समुह (प्याग) नेपालको साझेदारी, कारितास जर्मनीको सहयोग र माई नगरपालिका ईलामको समन्वयमा ६८ परिवारलाई खाध्यान्न सहयोग गरिएको प्याग नेपालका निर्देशन प्रकाश अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा माई नगरपालिकाका मेयर दिपक कुमार थेबेले कोरोना भाईरसका कारण भएको बन्दाबन्दीमा चिया मजदुर संकटमा रहेको भन्दै कारितास, प्याग लगायत संस्थाको सहयोग प्रति धन्यवाद दिनु भएको छ ।

मेयर थेवेले १ सय ५५ बर्षको ईतिहास बोकेको सोक्तिम चिया बगानमा काम गर्ने श्रमिकको पिडादायी अबस्था अझै रहेको भन्दै स्थानीय तह मार्फत आगामी दिनमा बगान सञ्चालन गर्न पहल गरिने जानकारी दिनुभयो । राहत सामग्री वितरण मेयर थेबेले शुभारम्भ गर्नु भएको थियो ।

मजदुरहरुलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिउरा, १ केजी चना, १ केजी मटर, १ थान साबुन र अाधा केजी न्यूटोला सहित प्रति मजदुर २५ सय रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।

कार्यक्रममा कारितास नेपालका प्रदेश नं. १ का प्रमुख देवेन्द्र पोख्रेल, माई नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष लिला कुमार राई, प्यागका दिपेन्द्र खनाल, पत्रकार विमल दहाल लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै बुधबार इलाम नगरपालिकाको समन्वयमा ईलाम बगानमा कार्यरत ७३ जना चिया मुजुदरलाई राहत वितरण गरिएको थियो । कोरोना महामारीका कारण परिवारले रोजगार गुमाएपछि जीविकोपार्जनमा समस्या व्यहोर्दै आएका चिया मजदुरहरुलाई राहत वितरण गरिएको कारितास नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *