June 20, 2026

भीरबाट लडेर एक जनाको मृत्यु

0

संखुवासभा ।

संखुवासभाको मकालु गाँऊपालिका ३ स्थित नयाँ बस्ती भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका– २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्गबहादुर गुरुङ रहेका छन् ।

हेदाङना बजारबाट फर्केने क्रममा बाटोमा रहेको भीरबाट लडेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *