June 20, 2026

झापाबाट ब्राउन सुगरसहित दुई महिला पक्राउ

0

झापा,

गौरीगञ्ज-४ स्थित कदमगाछीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दमक नगरपालिका-१ हिमाली चोककी ३५ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए। उनीहरुको साथबाट १०० ग्राम ब्राउन सुगर बरामद गरिएको पाण्डेले बताए।

भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध फेला परेको बताइएको छ। उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट गौरीगञ्जको टोलीले नियन्त्रणमा लिएको हो। बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *