विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्ति गर्न निर्देशन
काठमाडौं,

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
देउवाले आवश्यक प्रक्रिया पुरा गरेर कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्न मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कार्यकारी निर्देशकबाट बिदा भएका थिए। यसअघि घिसिङले नै नेपाललाई लोडसेडिङ मुक्त बनाएका थिए ।
यस्तै सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ। कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट राजीनामा शाक्यलाई दिन आग्रह गरेको छ।-थाहाखबरबाट
