June 17, 2026

ब्राउन सुगरसहित एक जना काँकडभिट्टाबाट पक्राउ

0

मेचीनगर ।

सिन्धुली तीनपाटन गाउँपालिका–४ का २० वर्षीय निरज खड्का झापाको काँकडभिट्टामा पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित १५ दशमलव २ सयग्राम ब्राउन सुगर फेला पारेको छ ।

खड्कालाई सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट विओपी काँकडभिट्टा मातहतको मेचीनगर –६ मेचीडाँडामा रहेको फरवार्ड पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक नारायणप्रसाद गौतम नेतृत्वको टोलीले सोमबार पक्राउ गरेको विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईले बताउनुभयो ।

भारतबाट नेपालतर्फ आउदै गर्दा सीमा स्तम्भ ९०/१ स्थित दशगजाक्षेत्रबाट खड्कालाई प्रहरीले नियन्त्रणमा लिईएको हो । प्रहरीले शंका लागि चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर ल्याएको १५ दशमलव २ सय ग्राम ब्राउन सुगरका दुईवटा पोका फेला पारेको सशस्त्र प्रहरी निरीक्षक राईले बताउनुभयो । प्रहरीले खड्काको साथबाट नगद नेपाली १ हजार ५ सय रूपैयाँ र कर्लस कम्पनिको सानो मोवाइल फोन समेत फेला पारेको जनाएको छ ।

लागूऔंषध सहित खड्कालाई आवश्यक कारवाहीकालागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *