June 17, 2026

माओवादी केन्द्रद्वारा प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध

0

विराटनगर,

प्रदेश १ प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले संसदमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै सोमबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो।

मन्त्री गुरुङले आइतबारको बैठकमा माओवादी केन्द्रका सांसद मोहन खड्कालाई ‘तपाई भिजन भएको नेता होइन’ भनेका थिए। माओवादी केन्द्रले मन्त्रीले आत्माआलोचनासहित माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसदको अभिलेखालयबाट हटाउन माग गरेको छ।

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार १५ गते मंगलंबारसम्म स्थगित गरेका छन्।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *