नेकपा माओवादी केन्द्रका सचिव राईलाई मातृशोक
झापा ।

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिव विजय साम्पाङ राईलाई मातृ शोक परेको छ ।
राईकी आमा कमला राईको व्रेन हेमरेजका कारण ६९ वर्षको उमेरमा निधन भएको हो । कनकाई नगरपालिका ७ दुर्गापुर निवासी राईको जन्म २००८ साल भदौ ३ गते भएको थियो । कमलाका दुई छोरा मध्ये विजय कान्छा छोरा हुन् । उनका जेठा छोरा धनकुमार भारतीय शैनिक छन् ।
मृतक कमलाका श्रीमान् मानवहादुर राई र दुई छोरा वुहारीमा धनकुमार – शान्ता तथा विजय – सुशीला रहेका छन् ।
मृतक राईको असार १४ गते विहान ११ बजे सास्कृतिक परम्परा अनुसार कोटीहोम पूर्व वन क्षेत्रमा अन्त्येष्टि गरिने बताइएको छ ।
