June 17, 2026

युवा सङ्घको अध्यक्षमा किरण पौडेल

0

काठमाडौं,

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।

सङ्घको भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए। सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ।

महासचिव आचार्यले सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।

नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *