June 17, 2026

नौ लाख डोज ‘भेरोसेल’ खोप आज आइपुग्दै

0

काठमाडौं,


चीनबाट आज कोरोनाविरुद्धको खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख डोज खोप आज दिउँसो २ बजे नेपाल आइपुग्ने छ।

नेपाल वायुसेवा निगमको विमानले ८ लाख खोप नेपाल ल्याउनेछ। यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।

यो खोप खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरेको जानकारी दिएका छन्।

उनका अनुसार खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिनेछ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष उमेर समूहलाई दिएको थियो। यही खोपको पहिलो मात्रा लगाएका करिब ९ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप लगाउने समय भएपनि लगाउन पाइएको छैन।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *