September 14, 2026

सिड्नीको अर्बन नेपाली समाजमा नयाँ समिति गठन

0

सिड्नी,

समाजसेवा गर्न सदैव उत्साही र जांगरिला युबक रबिन्द्र कुमार शर्मालाई नेपालीहरूको बाक्लो बस्ती रहेको अष्ट्रेलियाको सिड्नी शहरको मध्यभागमा अवस्थित अर्बनमा रहनु हने नेपालीहरूले आफ्नो संस्थाको प्रमुखको रूपमा चयन गरेका छन । “आगामी दिनमा सस्थालाई सामूहिक रूपमा नेपालीहरूको हक हितको पक्षमा दिलो ज्यानले लागाउंन् प्रतिबद्धता ब्यक्त गर्दछु।”-अध्यक्ष पदमा चुनिएपछी शर्माले भने ।

यसैगरी समाजको उपाध्य़क्षमा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिबमा सन्तोष आचार्य, सचिबमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत,यूबा संयोजकमा युदिका कुवर चयन भएका छन भने सदस्यहरूमा मनोज अधिकारी,भूपेन्द्र कंडेल,आयुष अधिकारी, निशान कार्की,धिरेन बहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन ।

समाजले सल्लाहकारहरूमा नेपाली समाजका अग्रजहरू दिनेशकुमार पोखरेल,मनरिषि धिताल,रमेश बानियां,राजकुमार श्रेष्ठ, राजु गिरी र शशी राईलाई चयन गरेको छ। यसैगरी समाजले निवर्तमान अध्यक्ष अशोक उप्रेतीलाई विधान वमोजिम संरक्षक चयन गरेको छ ।

लामो समय अष्ट्रेलियामा रही कन्सल्टेन्सी व्यवसायमा आबद्ध रबिन्द्र कुमार शर्मा बिगतमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको अध्यक्ष थिए साथै यो भन्दा अघिल्लो अबर्न नेपाली समाजको कार्यसमितिमा इभेन्ट कोअर्डिनेटर भूमिकामा रहेका थिए । नया नेतृत्वले अर्बन नेपाली सामाजले बिगतमा गर्दै आएको सामाजिक काम थप उचाईमा पुर्याउन काम गर्ने अर्बनको सेरोफेरोमा बस्ने नेपाली समुदायले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *