September 15, 2026

प्रदेशप्रमुख अधिकारी : बुद्धजयन्ती शुभकामना

0

मोरङ,

प्रदेश नं १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका राष्ट्रिय विभूति एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्घको २५६५औँ जन्म जयन्ती तथा किरात समुदायको महान् पर्व उभौलीको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा एवम् विश्व समुदायमा सु–स्वास्थ्य, सुख शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ

प्रदेश प्रमुख अधिकारीले आज जारी गर्नुभएको सन्देशमा ‘शान्ति, सद्भाव, माया, करुणा, स्नेह, अहिंसा, विवेक, आपसी प्रेम, उच्च विचार, सदाचार, सद्विचार, सद्बुद्धि, मित्रता सिङ्गो धर्ती र जीवात्मालाई आवश्यक छ भन्ने विश्व सन्देश दिने विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा हामी गर्व गर्दछौँ’ उल्लेख गर्नुभएको छ ।

उहाँले गौतम बुद्वले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको छ भन्दै बुद्घ दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न हामी सबैले जरुरी छ, सन्देशमा उल्लेख गर्नुभएको छ । बुद्घ विश्व शान्तिका प्रणेता एवं विश्वभरिका मानवजातिका लागि सम्मानित व्यक्तित्व बन्नु एवं नेपालबाट विश्वभर शान्तिको सन्देश जान सक्नु हाम्रा लागि गौरवको विषय हो सन्देशमा भन्नुहुँदै प्रदेशप्रमुख अधिकारीले ‘आजको यस दिनले हामी सबैलाई आपसी मेलमिलाप बढाउँदै शान्ति कायम गरी प्रगतिपथमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु’, उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *