April 30, 2026

मोटरसाइकल दुर्घटना चालकको मृत्यु

0

झापा,
झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६३प २७९० नंको मोटरसाइकल आफँै अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *