September 13, 2026

‘नेकपाको कुनै समूहलाई आधिकारिता दिएकाे छैनौं’

0

झापा।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहले आफूहरु आधिकारिक भएको र आफ्नो समूहलाई निर्वाचन आयोगले मान्यता दिएको बताइ रहेका बेला निर्वाचन आयोगले भने कुनै पनि समूहलाई आधिकारिकता प्रदान नगरेको स्पष्ट परेको छ ।

शुक्रबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले भने आयोगले नेकपाको आधिकारिकताको टुंगो लगाइसकेको र आफूहरु त्यसैअनुसार अघि बढ्ने बताएका थिए । उनले आफूहरु नै आधिकारिक भएको आफ्नो दाबी रहेको बताएका थिए ।तर, निर्वाचन निर्वाचन आयोगका आयुक्त ईश्वर पौडेलले कुनै पनि समूहलाई आधिकारिकता प्रदान नगरेको जानकारी दिए ।

संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार ग¥यो । यससँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो । यो निर्णयसँगै ओली समूहका नेताहरुले आयोगले ओलीलाई प्रमुख पदाधिकारी मानेकाले आफूहरु आधिकारिक भएको दाबी गरेका थिए । तर आयोगले शुक्रबार दुवै समूहलाई छलफलमा बोलायो । तर प्रचण्ड–माधव समूहले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका क्रममा उपत्यका बाहिर रहेको भन्दै केही दिन समय दिन आग्रह गरेको छ ।

निर्वाचन आयुक्त पौडेलका अनुसार ओली समूहका नेताहरु चिया गफ मात्र भएको छ । उनका अनुसार आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्नेछ । दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले बताए । ‘दुवै पक्षले आधिकातिा हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउँदै हिड्ने कुरा भएन’ उनले भने ।

यदि कुनै समूह आधिकारिक हौं भनेर दाबी गर्न आएको अवस्थामा प्रचलित कानून, विधान र संविधानले के भन्छ भनेर छलफल गरेर आयोग निर्णयमा पुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *